बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ अझै बेपत्ता

बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २०५ पुग्यो, २४ अझै बेपत्ता


काठमाडौं– असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०५ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २४ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोसी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २४ जना, कोसी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोसी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ।