एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बिहान ११:०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए ।

उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए ।