राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणित


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई विधेयक प्रमाणित गरेका छन्। दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् ।

अध्यक्ष दाहालले प्रमाणित गरेपछि अब विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपतिकहाँ पठाइने बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।