होटल संघद्वारा राहत कोष स्थापना

होटल संघद्वारा राहत कोष स्थापना


काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरूलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीपहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।