प्लास्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध

प्लास्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध


लमजुङ । लमजुङमा प्लास्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै प्लास्टिकजन्य फूल मालाको उत्पादन, बिक्री वितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको हो ।

प्रशासनले चाडबाडका बेला प्लास्टिकजन्य फूल गुच्छाहरू भित्रने भएकाले नागरिकलाई सचेत गराएको छ । लमजुङका विभिन्न पालिकामा फूल खेती व्यवसायको रूपमा विकास हुने क्रममा रहेको र नेपाल समेत क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै आएको सन्दर्भमा प्लास्टिकजन्य वस्तुबाट निर्मित फूल माला, खादा र अन्य सामग्रीको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिए ।