काठमाडौँ- काठमाडौँमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौँका सडक शून्य जस्तै बनेका हुन् ।
काठमाडौँका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सात दोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् । शुक्रबार काठमाडौँका सडकमा छिटफुट रूपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।
काठमाडौँको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निःशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रुटमा निःशुल्क सवारी सञ्चालन गरेको छ ।
प्रतिक्रिया