दसैँ सकिनेबित्तिकै किसानहरू धान भित्र्याउन व्यस्त

दसैँ सकिनेबित्तिकै किसानहरू धान भित्र्याउन व्यस्त


काठमाडौ । दसैँ सकिनेबित्तिकै किसानहरू धान भित्र्याउन व्यस्त भएका छन्। किसानहरू कात्तिकमा पाक्ने धानबाली भित्र्याउन व्यस्त भएका हुन्। असार(साउनमा रोपेको धान अहिले पाक्न थालेको छ। मधेश र पहाडी क्षेत्रका फाँटमा यति बेला पाकेको धानले पहेँलपुर देखिन्छ।

यस वर्ष मुलुकमा धान रोपाइँ ६ प्रतिशतले बढेको कृषि विभागका प्रवक्ता डा .अरुण काफ्लेले बताए। कुल १३ लाख ९८ हजार ९ सय ८५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। प्रवक्ता डा। काफ्ले मौसमले साथ दिएकाले ७ प्रतिशतले धान उत्पादन बढ्न सक्ने आकलन गर्छन्।