२७०० नजिक पुग्यो सेयर बजार

२७०० नजिक पुग्यो सेयर बजार


काठमाडौँ । दसैँपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक ९१.१७ प्रतिशत० बढेसँगै २६९९ मा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । दसैँ बिदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो ।

उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन् । उत्पादन समूह ०।२२ प्रतिशत घट्यो । फाइनान्स सूचक सबैभन्दा धेरै ४।६१ प्रतिशत बढ्यो । बैंकिङ १.५९, विकास बैंक १.५६, होटेल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

जानाकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ तथा आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।