काठमाडौँ । अधिकांश बैंकहरूले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटाले ब्याजदर घटाएका छन् । ९ वटाको स्थिर रहँदा सानिमा बैंकले बढाएको छ ।
सानिमाले कात्तिकका लागि ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ । अब यस बैंकको मुद्दती निक्षेपको ब्याजदर ६.१५ पुगेको छ । असोजमा ५.९ प्रतिशत थियो ।
सबै भन्दा बढी हिमालयन बैंकको घटेको छ । यस बैंकले ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । कात्तिकमा मुद्दती निक्षेप राख्नेहरूलाई अब यस बैंकले ६.२५ प्रतिशत दिनेछ । असोजमा ७ प्रतिशत थियो । वाणिज्य बैंकहरूको असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया