अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै


काठमाडौ – नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा टस हारेको छ ।

अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यस खेलमा टस हारेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल र अमेरिकाबीच यस अघि २०१५ मा एक मात्र टी-२० खेल खेलिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन ।

यस खेलमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, र सगर ढकाल खेलिरहेका छन् ।

नेपालले सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।