सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक


कात्तिक -आईतबार नेपाली बजारमा सुनको मूल्यले निरन्तर चौथो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुन गत बिहीबार एक लाख ६२ हजार ४०० रुपैयाँ, बुधबार एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । दैनिक एकपछि अर्को रेकर्ड ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर चौथो दिन नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीकाे मूल्यले पनि नयाँ उचाई कायम गरेको छ । गत शुक्रबारकाे तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसभन्दा पहिले गत असोज २० गते चाँदीको मूल्य एक हजार ९८५ रुपैयाँमा काराेबार भएकाे थियाे । साे मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।