नेप्से ४७ अंकले घट्यो, कारोबार रकम कति ?

नेप्से ४७ अंकले घट्यो, कारोबार रकम कति ?


काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंकले घटेको छ । आज बजार खुल्ला हुँदा १ बजे केही बेर मात्र बढेको बजार दिनभर राताम्य भएको छ । नेप्से १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा आएको छ ।

नेप्से घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच भएको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१५ वटा कम्पनीको कारोबारमा आउँदा ८८ हजार ७१४ पटक शेयर किनबेच भएको छ ।

आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ४ प्रतिशते घटेर ३ हजार २९९.४० विन्दुमा आएको छ । आज सबैभन्दा कम वाणिज्य बैंक समूह १.०२ प्रतिशतले घटेर १ हजार ५९१.७९ विन्दुमा आएको छ । आज म्युचुअल फण्ड भने स्थिर रहेर २१.२८ विन्दु कायम भएको छ ।

त्यस्तै, विकास बैंक समूह २.३४ प्रतिशतले, होलट एण्ड टुरिजम २.२३ प्रतिशतले, हाइड्रोपावर २.१४ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा २.४६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.०५ प्रतिशतले, लघुवित्त १.५२ प्रतिशतले, निर्जीवन बीमा १.५२ प्रतिशतले, अन्य समूह १.५० प्रतिशतले र ट्रेडिङ समूह १.८६ प्रतिशतले घटेको छ ।