सुनको मूल्यमा लगातार नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा लगातार नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?


काठमाडौँ । सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ६६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।