प्रि-ओपन सेसनमा नेप्से माइनसमा

प्रि-ओपन सेसनमा नेप्से माइनसमा


काठमाडौँ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ ।

५ वटा कम्पनीको भाउ बढ्दा ५ वटाको भने घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर छ ।