उपसचिव पदको बढुवा स्थगित (सूचनासहित)

उपसचिव पदको बढुवा स्थगित (सूचनासहित)


काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन स्थगित गरेको हो ।

उच्च अदालत पाटनबाट रिट नं.०८१-०८३९ उपर मिति २०८१/०७/१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१/०६/३० मा प्रकाशित नेपाल इञ्जिनियरिंग सेवाका रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका देहायका बढुवा सूचना र आ.प्र.तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरू आयोगको मिति २०८१/८०/०२ को निर्णयअनुसार स्थगित गरेको आयोगले जनाएको छ ।