काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।
साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो । ८ असोजमा जीवी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।
३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।
प्रतिक्रिया