१६ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

१६ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?


काठमाडौं- आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ ।

आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ९३ अंकले घटेर २,७३४ को विन्दुमा बन्द भएको छ । आज ४० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।