एनआइसी एसिया बैंक र र्‍याडिसन होटलबीच सम्झौता

एनआइसी एसिया बैंक र र्‍याडिसन होटलबीच सम्झौता


काठमाडौं । एनआइसी एसिया बैंक र र्‍याडिसन होटल काठमाडौंबीच बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवा लिँदा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म विभिन्न सेवाहरूमा छुट प्राप्त गर्ने उक्त सम्झौतामा उल्लेख छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ डिजिटल पेमेन्ट इकोसिष्टम बिमल लम्साल र होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् । आतिथ्य र मनोरञ्जनको एक प्रमुख केन्द्र रहेको यस होटलसँगको सम्झौताअनुसार होटलको पेष्ट्री शपमा (न्यूनतम एक हजार रूपैयाँको खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेष्टुरेन्ट, स्पा तथा फुड एण्ड बेभरेजमा १५-१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंक र होटलबीचको यो साझेदारीले ग्राहकहरूले सुलभ मूल्यमा पाँचतारे होटलको सेवाको अधिकतम लाभ प्राप्त गर्ने बैंकको भनाइ छ ।