काठमाडौँ। विवादित अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको केन्द्रीय अनुशासन आयोगसमक्ष आफ्नो लिखित जवाफ पेस गरेका छन्।
आयोगले सोधेको २४ घण्टे स्पष्टीकरणको तोकिएको समयभित्रै जवाफ पठाउँदै उनले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू पूर्ण रूपमा अस्वीकार गरेका छन्।
सार्वजनिक भएको अडियो भ्रामक र बनावटी भएको दाबी गर्दै उनले पार्टी वा राज्यका जुनसुकै निकायले गर्ने निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया