काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनको लक्ष्य प्रस्तुत गरेको हो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए । त्यस्तै दिनेश खरेलले ३८ रन बनाए । सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे ।
दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाण्डुका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन र तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् ।
प्रतिक्रिया