प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा  परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

राजदूत चौधुरी सरुवा भइ नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी छन् ।