रविविरुद्धको साढे चार सय पेज लामो आरोप पत्र अदालतमा पेश

रविविरुद्धको साढे चार सय पेज लामो आरोप पत्र अदालतमा पेश


काठमाडौँ। सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । साढे चार सय पेज लामो आरोप पत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जनाइएको छ । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।

जिल्ला अदालत कास्कीका अनुसार अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको छ। सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब बिगो मागदावी गर्नुपर्ने राय छ ।

सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीवी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो