नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वास्थ्य परीक्षणका लागि भारतको नयाँदिल्ली रहेकी आज स्वदेश फर्कने भएकी छन् ।

उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन्। ।

युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ। उनी आज साँझ स्वदेश फर्कन लागेकी हुन्।