राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरूको बहस बुधबार सकिएको हो ।
अदालतका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।
सम्भवत बिहीबारसम्ममा आदेश आउन सक्ने अदालत स्रोतले बताएको छ ।
प्रतिक्रिया