परराष्ट्र सचिवमा अमृत राई बढुवा

परराष्ट्र सचिवमा अमृत राई बढुवा


काठमाडौं- परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । सरकारको निर्णयसँगै राईले बुधबार औपचारिकरुपमा सचिवको कार्यभार पनि सम्हालेका छन् ।

सचिव सेवा लम्साल अवकाशअघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो । लम्सालको सिफारिस संसदीय समितिबाट अनुमोदन भइ राजदूत नियुक्त भएपछि सरकारले उनलाई सचिवमा बढुवा गरेको हो ।

वरिष्ठतम सहसचिव राई कामु सचिवको जिम्मेवारी पाउनुअघि मन्त्रालयका प्रवक्ता थिए । सन् १९९६ मा सरकारी सेवामा जोडिएका राईले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि भएर समेत काम गरेका थिए ।