रूपन्देही । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्का रहेका छन् । उनले श्रीमती ४० वर्षीया कमला सेन खड्कालाई घरायसी विषयमा झैँ-झगडाको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
सोही चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
खड्कालाई कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया