सामान्य अंकले नेप्से ओर्लिँदा आइएमई लाइफमा लगानीकर्ताकाे उच्च आकर्षण

सामान्य अंकले नेप्से ओर्लिँदा आइएमई लाइफमा लगानीकर्ताकाे उच्च आकर्षण


काठमाडौँ ।

सेयर काराेबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएकाे छ ।

साेमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ अंक कायम भएको छ । यस दिन विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँकाे कारोबार भएकाे छ ।

आज बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फन्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूह भने घटेका छन् ।

आज ६८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

साेमबारकाे बजारमा आइएमई लाइफको सेयरमा लगानीकर्ता ओइरिए । यस दिन यस कम्पनीकाे सर्वाधिक ११ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, सोल्टी होटलको १० करोड ८७ लाख, घोराही सिमेन्टको ८ करोड ९८ लाख, माच्छापुच्छ्रे बैंकको ६ करोड ५५ लाख र सानिमा बैंकको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर लिमिटेडको ९.९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ ।

यस्तै सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको सेयर मूल्य ६.४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ४.८० प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको ४.२९ प्रतिशत, शुभम् पावर लिमिटेडको ३.७२ प्रतिशत र सानिमा ग्रोथ फन्डको सेयर मूल्य ३.६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ रुपैयाँ ८ पैसा पुगेको छ ।