काठमाडौँ । थारु समुदायमा माघीको चहलपहल बढेको छ । माघी आउँदै गर्दा गाउँ-गाउँमा नाचगान गर्ने, खानपिन गरेर रमाइलो गर्ने रमाइला दिन आइसकेका छन् ।
दाङका थारु बस्तीहरूमा अहिले निकै चहलपहल देखिन्छ । स्थानीय सरकारले पनि थारु समुदायहरूको जमघट गराउने र सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । वडा कार्यालयहरूले पनि माघी मिलन कार्यक्रम गरेका छन् । त्यस्तै विभिन्न पार्टीहरू र जनवर्गीय संगठनहरूले माघी सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।
सोही क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि माघी मनाउन गृह जिल्ला दाङ पुगेका छन् । माघी मिलनसहितका विभिन्न कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल गृह जिल्ला आएको एमालेले जनाएको छ ।
महासचिव पोखरेल माघ १ गतेसम्म माघी मनाएर माघ ३ गते काठमाडौँ फर्कने कार्यक्रम छ । एमालेनिकट नेपाल लोकतान्त्रिक थारु संघ दाङले घोराही उपमहानगरपालिका-९ लरैनामा आयोजना गरेको माघी सांस्कृतिक कार्यक्रममा सहभागी भएका पोखरेल अन्य स्थानीय समुदायका कार्यक्रममा पनि सहभागी हुँदैछन् ।
प्रतिक्रिया