काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् ।
‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ । यो ग्रान्ट हो’, राणाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अमेरिका भ्रमणबारे छलफल गरिरहेको छ ।
छलफलमा सांसदहरूले बीआरआईबारे समेत चासो राखेका थिए । जवाफमा मन्त्री राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी हुन् ।
पोखरा विमानस्थल बीआरआई अन्तरगत हो कि होइन भन्ने पनि सांसदहरूको प्रश्न थियो । जवाफमा मन्त्री राणाले पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको विषय भएको बताइन् ।
प्रतिक्रिया