सडकपेटीको कर्बस्टोन भत्काउनेलाई महानगरले तिरायो १० हजार जरिवाना

सडकपेटीको कर्बस्टोन भत्काउनेलाई महानगरले तिरायो १० हजार जरिवाना


काठमाडौँ। सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौँ महानगरपालिकाले एक घर धनीलाई जरिवाना तिराएको छ ।

महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिवाना गरिएको महानगरले जनाएको छ ।