वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध जाहेरी

वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए अदालतमा दुर्व्यवहार गर्नेविरुद्ध जाहेरी


काठमाडौँ । जिल्ला अदालत, काठमाडौँ परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्यवहार भएको थियो । लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो ।