नदीले डुवाउँदा फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

नदीले डुवाउँदा फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध


जाजरकोट ।

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ ।

पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् ।

पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुवाउँदा पदमार्ग अवरुद्ध भएको हो । यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ ।

नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ, जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पुर्‍याएको छ । उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए ।