अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि, नेपालको सामना किर्गिस्तानसँग

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि, नेपालको सामना किर्गिस्तानसँग


Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

 

Pअन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप शुरु हुदै छ । आजदेखि काठमाडौँमा फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तान खेल्दै छन् ।

नेपालले पहिलो खेल आज किर्गिस्तानसँग खेल्ने छ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने छ । यसअघि आजै म्यान्मार र लेबनानबीच अपराहन्न २ बजेदेखि खेल हुने तालिका रहेको छ ।

त्यस्तै दोस्रो खेल फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने नेपालले तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने छ । फाइनल खेल लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहने देशले फेब्रुअरी २६ मा खेल्ने छन् ।

च्याम्पियनसिप खेल्ने नेपाली टिम:

गोल किपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर: अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ ।
फरवार्ड: सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।