काठमाडौँ ।
गएकाे वर्ष नेपालकाे ऋण २ खर्ब ८ अर्ब रुपैयाँ थपिएकाे छ । यससँगै नेपालले तिर्न बाँकी ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र बाह्य ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
यस हिसाबले प्रतिनेपालीकाे टाउकाेमा ७६ हजार रुपैयाँ ऋणकाे भार परेकाे छ ।
सरकारले तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७९ असार मसान्तमा सरकारको कुल ऋण रकम २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ थियो । कुल गार्हस्थ्य उत्पादनमा सरकारको ऋण अनुपात ४१.२ प्रतिशत पुगेको छ । २०७९ असार मसान्तसम्म यस्तो अनुपात ४०.७ प्रतिशत थियो ।
प्रतिक्रिया