एक वर्षमा दुई लाख २८ हजार मुद्दा थपिए

एक वर्षमा दुई लाख २८ हजार मुद्दा थपिए


काठमाडौँ- देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनअनुसार दुई लाख २८ हजार मुद्दा थपिएको देखिएको हो ।

सर्वोच्च मातहतका अदालत तथा न्यायाधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदनको संख्या एक लाख साठी हजार ३९५ र गत आवमा दर्ता भएका दुई लाख २७ हजार ९६२ गरी जम्मा मुद्दाको संख्या तीन लाख ८८ हजार ३५७ पुगेको हो ।

जसमध्ये ५८‍.२४ प्रतिशत अर्थात् दुई लाख २६ हजार १८५ मुद्दा फर्छ्यौट भएकोमा एक लाख ६२ हजार १७५ मुद्दा बाँकी रहेका छन् । प्रतिवेदनअनुसार गत आवमा अन्य वर्षभन्दा ११.३६ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएका छन् । पुराना बक्यौता मुद्दा गत वर्षको असार मसान्तसम्म २८.१३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।