उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै


काठमाडौं- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ । बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ ।