माओवादी कार्यालयमा शिक्षकहरूले दिए धर्ना

माओवादी कार्यालयमा शिक्षकहरूले दिए धर्ना


काठमाडौँ- शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ । सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।