२५ करोडसहित पक्राउ गरिएका कुन्साङ लामा सुन तस्करीमा गाँसिएका पात्र, गाडीमा लुकाउने आदत

२५ करोडसहित पक्राउ गरिएका कुन्साङ लामा सुन तस्करीमा गाँसिएका पात्र, गाडीमा लुकाउने आदत


काठमाडौं– ट्रकमा २५ करोड विभिन्न मुलुकका मुद्रासहित पक्राउ गरिएका व्यक्ति कुन्साङ लामा सिन्धुपाल्चोकका रहेको खुलेको छ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका ३९ बर्षिय लामा यसअघि पनि तस्करीमा समातिएर सजाय भोगेका व्यक्ति रहेको खुलेको छ।

प्रहरीले लामालाई काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए। उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए।

ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान जारी छ।

विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताइएको छ।

तर, कुन्साङले तस्करीमा गाडीको प्रयोग पहिलो पटक गरेका होइनन्। कलंकीमा ७ किलो सुन तस्करीका क्रममा पनि उनले माइक्रोको प्रयोग गरेका थिए।

अपराध महाशाखा प्रमुखमा पूर्वआईजी सर्वेन्द्र खनालले पक्राउ गरेका व्यक्ति कुन्साङ थिए।

लामाले रसुवाबाट ५–६ जना यात्रुसहित चलाएर ल्याएको ७४३० नम्बरको हाइलक्स गाडीमा सुन लुकाएर ल्याएका थिए।

‘माइक्रोमा अन्य यात्रुहरु पैसा तिरेर चढेका थिए।सूचनाको आधारमा खोजी गर्दा ड्राइभर बस्ने इन्जिनमा सुन फेला परेको थियो’ त्यसबेला जानकारी दिइएको थियो।