२ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

२ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँ कायम मा भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।