सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा  एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।