भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
एक प्रहरी अधिकारीकाअनुसार बुधबार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।
मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे ।
पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुका साथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया