काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।
नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा अडिएको छ। अघिल्लो दिन नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको थियो। सो दिन ९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
आज ३१५ स्क्रिप्को १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको सेयर बजारमा आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पियोर इनर्जीको सेयर १० प्रतिशतले बढ्यो।
कारोबारमा आएकामध्ये ३४ स्टक्को मूल्य बढ्दा २१४ वटाको घटयो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र होटल्स एण्ड टुरिजम समूहको उपसूचक २ प्रतिशत बढिले घट्यो।

प्रतिक्रिया