पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन


काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले १८ वर्षको लामो प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो।

आरसीबीले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गरे पनि टिमलाई जिताउन पर्याप्त भएन। शशांक ३० बलमा ६१ रन बनाएर अविजित रहे। जोश इङ्लिसले ३९ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन जोडे