टेलिकमकी प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा, ३३ करोड बिगो दाबी

टेलिकमकी प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा, ३३ करोड बिगो दाबी


काठमाडौ  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ। टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता भएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले उनीहरुविरुद्ध ३३ करोड रुपैयाँ बिगो दाबी गरेको स्रोतले जनाएको छ। मुद्दा दायरका लागि आवश्यक फाइल विशेष अदालतमा पेस गरिसकिएको छ।

यस प्रकरणमा अख्तियारले पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी र टेलिकम सञ्चालक समितिका पदाधिकारीहरूसँग बयान लिएको थियो। अनुसन्धानका क्रममा बिलिङ प्रणालीको खरिद र मर्मतमा व्यापक अनियमितता भएको आयोगको ठहर छ।

यो मुद्दाले नेपाल टेलिकमको प्रशासनिक र वित्तीय पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ