कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा काँग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए।

उनले भने, नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ। जनताले नेताहरुले आफ्नो स्वार्थको लागि मात्र सोचे घुस खाए। एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ। भारी बोक्नुपर्छ।

भ्रष्टाचार गरे भन्ने छ। भ्रष्टाचार गर्ने जति पनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ।

यसमा काँग्रेसले कोहीसँग सम्झौता गर्दैन। व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ। ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ।’