मुस्ताङको सडक र पुलविहीन तिरीगाउँ : स्याउ खेतीमै निर्भर गाउँलेहरू

मुस्ताङको सडक र पुलविहीन तिरीगाउँ : स्याउ खेतीमै निर्भर गाउँलेहरू


मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित तिरीगाउँ र आसपासका क्षेत्रमा अहिले पनि आधारभूत सडक तथा पुलको पहुँच नपुग्दा स्थानीयवासीहरू दैनिक जीवनमा कठिनाइ भोग्न बाध्य छन्।

आवतजावतका लागि कुनै पक्की सडक र पुल नहुँदा गाउँलेहरूले खोलानाला तरेर जोखिम मोलेर यात्रा गर्नुपर्छ। अत्यावश्यक खाद्यान्न, औषधि तथा अन्य सामग्री ओसार्न समेत कठिनाइ हुने गरेको छ।

यस्तो प्रतिकूल अवस्थाबीच पनि यहाँका बासिन्दाको प्रमुख आम्दानीको स्रोत भने स्याउ खेती नै हो। तिरीगाउँ क्षेत्रमा हरेक वर्ष ठूलो मात्रामा स्याउ उत्पादन हुने गरेकाले गाउँलेहरूको जीविकोपार्जनमा यसले ठूलो सहारा दिएको छ।

तर, यातायात सुविधा अभावका कारण उत्पादन भएको स्याउ बजारसम्म लैजान चुनौतीपूर्ण हुने गरेको किसानहरूको गुनासो छ। समयमा नै स्याउ बिक्री वितरण हुन नसक्दा धेरै जसो किसानलाई आर्थिक नोक्सानी व्यहोर्नु पर्ने अवस्था छ।

स्थानीय तह तथा सरोकारवाला निकायहरूले पटक–पटक सडक विस्तार र पुल निर्माणको आश्वासन दिए पनि अहिलेसम्म काम अघि नबढ्दा गाउँलेहरू निराश भएका छन्।

स्थानीयवासीहरूले स्याउ खेतीसँगै कृषि पर्यटनलाई समेत विस्तार गर्ने योजना बनाउँदै आएका छन्