अन्नपूर्ण पदमार्गको आकर्षण : नारच्याङ छहराखोला झरना पर्यटकको रोजाइमा

अन्नपूर्ण पदमार्गको आकर्षण : नारच्याङ छहराखोला झरना पर्यटकको रोजाइमा


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेँशीगाउँको शिरमा रहेको मनमोहक नारच्याङ (छहराखोला) झरना । अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्बिरः कमल खत्री / रासस

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित मनमोहक नारच्याङ छहराखोला झरना पछिल्लो समय पर्यटकको प्रमुख आकर्षण बनेको छ।

अन्नपूर्ण पदयात्रा क्षेत्रभित्र पर्ने यस झरना नारच्याङको वेँशीगाउँको शिरमा पर्दछ। स्वदेशी तथा विदेशी पर्यटकहरु नारच्याङ हुँदै अन्नपूर्ण पदयात्रामा जाँदा यो झरना हेर्न नछुटाउने गरेका छन्।सडक सञ्जाल विस्तारसँगै झरनासम्म पुग्न सजिलो भएपछि पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ। गर्मी मौसममा झरनाको चिसो पानी र वरपरको हरियालीले झनै पर्यटकलाई लोभ्याउने गरेको छ।

स्थानीय निकायले झरनासम्म पुग्ने बाटो तथा पूर्वाधार थप सुधार गर्ने योजनासहित प्रचार–प्रसार बढाउने तयारी गरेको छ। पर्यटनबाट गाउँवासीलाई रोजगारी र आम्दानी बढाउने अपेक्षा गरिएको छ।