काठमाडौँ- नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज पियोर पावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ९.९० र युनियन हाइड्रोपावरको शेयर मुल्य ९.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ७.३९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७१ करोड ७८ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया