एसइईका १२६ विद्यार्थीको परीक्षा रद्द

एसइईका १२६ विद्यार्थीको परीक्षा रद्द


काठमाडौं – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ नजिता प्रकाशित गरी यससम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

परीक्षामा पाँच लाख १४ हजार ७१ सहभागी भएका थिए। जसमध्ये एक लाख ६७ हजार पाँच सय ९७ अवर्गीकृत सूचीमा परेका छन्।