२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो

२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै घलेम्दी हाइड्रो

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

विकास टाइम्स
123
Shares

काठमाडाैँ ।

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आज शुक्रबार आयाेजित कार्यक्रममा २ कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ । सोसम्बन्धी समझदारी पत्रमा घलेम्दी हाइड्रोपावरका तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।

सो समारोहमा घलेम्दी हाइड्रोका तर्फबाट कम्पनी सचिव अनिल पौडेललगायतको सहभागिता थियो ।

घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयाेजनामा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी लगानी गर्नेछ ।